गोरखामा ७ शिक्षक संक्रमित, मंसिर १५ सम्म विद्यालय बन्द

गोरखा, मंसिर ७ । गोरखा नगरपालिकाका केही विद्यालयका सात जना शिक्षकमा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण देखिएपछि नगरपालिकाका सबै विद्यालय मंसिर १५ सम्म बन्द हुने भएका छन् ।
नगरपालिकाले प्रत्यक्ष सिकाइ सहजीकरण निर्देशिकाले तोके बमोजिम स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कक्षा सञ्चालन विद्यालयहरुलाई अनुमति दिएको थियो । त्यसअनुसार दसैंपछि विद्यालयहरु खुले । तर सात शिक्षक र केही अभिभावकमा कोरोना संक्रमण देखियो । नगरपालिकाले कात्तिक २४ देखि मंसिर ६ गतेसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

सक्रिय संक्रमितको संख्या ६५ पुगेपछि मंसिर १५ सम्म शैक्षिक संस्था बन्द राख्ने नयाँ निर्णय भएको नगरपालिकाले जनाएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्क्रिनिङ गरी स्थिति सामान्य अवस्थामा ल्याउन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जानकारी दिएको छ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: