लाङटाङ पदमार्गका होटल आजदेखि सञ्चालन गरिने

रसुवा, मंसिर ७ । कोरोना भाइरसका कारण हुने कोभिड १९ रोगको संक्रमण हुने डरका कारण लामो समय वन्द रहेका लाङटाङ पदमार्गका होटल आजदेखि सञ्चालनमा आउने भएका छन् । रसुवामा कोरोना सङ्क्रमितको सङ्ख्या घटेकोले लाङटाङ पदमार्गमा रहेका होटल, लज तथा चिया पसल सञ्चालनमा आउन लागेको व्यवसायिहरुले बताएका छन् ।

रसुवामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि गोसाइँकुण्ड गाउँपालिका ४ को होटल व्यवसाय समितिको आग्रहमा गएको कात्तिक १८ गतदेखि होटल बन्द गरिएको थियो ।

पदमार्गको रिम्छे, रिभर साइड, घोडा तबेला, गुम्बा डाँडा, लाङटाङ, मुण्डुप, क्यान्जिनलगायतका क्षेत्रमा रहेका होटल, लज तथा चिया पसल सञ्चालन हुनेछ । पछिल्लो केही हप्तायता लाङटाङ जाने नेपाली पर्यटकको सङ्ख्या बढ्दै गएको थियो ।
रसुवामा अहिले सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या नौ रहेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: