भोलि बाट राजा वीरेन्द्रको निजी निवास सर्वसाधरणलाई प्रवेश खुल्ने

मंसिर ६ । आइतबारदेखि राजा वीरेन्द्र शाहको निजी निवास ‘श्रीसदन’खुला गरिने भएको छ । आइतबारदेखि नारायणहिटी दरबार सङ्ग्रहालयमा आएका अवलोकनकर्ताले श्रीसदनका र गणतन्त्र स्मारकसमेत अवलोकन गर्न पाउने छन् । कोरोना भाइरसका कारण लकडाउन सुरु भएलगत्तै नारायणहिटी दरबार संग्रहालय अवलोकनका लागि बन्द गरिएको थियो ।

आइतबारबाटै संग्राहालय पुनः खुला गरिने भएको छ ्र राजा त्रिभुवनलाई हिटलरले उपहारस्वरूप दिएको गाडी, बिरेन्द्रले प्रयोग गर्ने हवाईजहाज र हेलिकप्टरसमेत सर्वसाधारणले अवलोकन गर्न पाउने छन् । श्रीसदनको तीनतले भवनको भुुइँतलामा तत्कालीन राजा वीरेन्द्र र ऐश्वर्यको निजी कार्यालय, भान्सा र विश्राम गर्ने कोठा रहेको छ । पहिलो तलामा राजा वीरेन्द्रको शयन कक्ष, रानी ऐश्वर्यको कक्ष र लुगा राख्ने कक्ष छ । दोस्रो तलामा तत्कालीन अधिराजकुमार नीराजनको कक्ष र तत्कालीन अधिराजकुमारी श्रुतिको कक्ष छ ।

राजा वीरेन्द्रले आफ्नो डिजाइनमा २०२३ सालमा सो भवन निर्माण गर्न लगाएको बताइन्छ ्र श्री सदन निवास दरबार हत्याकाण्डअघि तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र अधिराजकुमार नीराजन शाहको निजी निवासको रुपमा प्रयोगमा थियो ्र वि सं २०५८ जेठ १९ गते राजा बिरेन्द्रको बंशनाश हुनेगरी दरवार हत्याकाण्ड भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: