राप्ती घटनामा माधव नेपालको विज्ञप्ती : ‘घटना सुनुयोजित थियो कारवाही होस’

चितवन, मंसिर ६ । चितवनको राप्तीमा नेता सुरेन्द्र पाण्डे माथि भएको घटनाको विरोधमा नेकपाका नेता माधव कुमार नेपालले विज्ञप्ती निकाल्नु भएको छ ।

आफ्नै जिल्लामा भएको कार्यक्रममा अनाधिकृत रुपमा व्यक्तिहरु प्रवेश गरेको र उक्त कार्य गराउने जो सुकै भएपनि छानविन गरी कडा भन्दा कडा कारवाही गर्न माग गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, “आज सामाजिक संजालमा विज्ञप्ती राख्दै उहाँले लेख्नुभयो, “गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु । सभ्य, सुसककस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउककने उक्त कार्य गर्नेर गराउने जो सुकै भएपनि छानविन गरी कडा भन्दा कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउककछु ।”

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: