नवलपुरको रजहर आइसोलेसनका १५ जना कोरोना संक्रमित निको

नवलपुर, मंसिर ६ । नवलपुर जिल्लाको एक मात्रै कोभिड १९ अस्थायी अस्पताल प्राकृतिक चिकित्सालय रजहरमा रहेका १५ जना कोरोना संक्रमति निको भएका छन् ।

अस्पतालका निर्देशक डा विनोद पौडेलका अनुसार गत मंसिर ४ गते स्वाव संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको थियो । मंसिर ६ गते विहान १२ बजे उनीहरु लाई बिदाई गरिएको छ ।

निको भई घर जानेहरुमा कावासोती नगरपालिका वडानम्वर ३,८,१० र १५ का ६ जना, गैँडाकोट नगरपालिका ५ का २ जना, हुप्सेकोट गाउँपालिका १ का १ जना, बुलिङटार गाउँपालिका ३ का १ जना, भरतपुर महानगरपालिका २ का २ जना, बाग्लुङ जिल्लाका १, गुल्मीका १ र पाल्पाका १ जना रहेका छन् । थप २ जनालाई पनि आज डिस्चार्ज गरिएको छ । अस्पतालको आइसोलेसन बसेको १४ दिन पुरा भएकाले घर पठाइएको डा पौडेलले बताउनुभयो । आइसोलेसनमा रहेका अन्यको स्वास्थ्य अवस्था पनि सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: