पूर्वअर्थमन्त्री पाण्डेले गुटको कुरा गरेको भन्दै विरोध, कार्यक्रमस्थलबाटै लखेटिए

चितवन, मंसिर ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे उपस्थित कार्यक्रममा उहाँको विरुद्ध नारा लागेको छ । चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका पाण्डेलाई आफ्नै निर्वाचन क्षेत्रका जनताले कार्यक्रममा बोल्नै नदिएर नाराबाजी गरेका थिए ।
विरेन्द्रनगर आफ्नै निवास छेउमा राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रमा विकास निर्माण तथा संसद विकास कोषको विषयमा छलफल गर्ने भनिएको थियो तर पाण्डेले विकास निर्माणको नभई केन्द्रमा भएको राजनीतिक विवादलाई लिएर एक पक्षीय बोलेपछि कार्यकर्ताले विरोध गरेका थिए ।
प्रधानमन्त्री केपी ओलीविरुद्ध अनावश्यक आक्षेपहरु लगाउदै आएको भन्दै कार्यकर्ताले गुटको राजनीतिक नगर्न चेतावनी दिँदै कार्यक्रममै विरोध जनाएका थिए । विरोध पछि प्रहरीले सुरक्षा दिँदै कार्यक्रमबाट बाहिर लगेका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: