चिनियाँ रक्षामन्त्री मंसिर १४ गते नेपाल आउँदै

मंसिर ६ । चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणका लागि मंसिर १४ गते नेपाल आउने बताइएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको भ्रमण हुन लागेको हो ।

भ्रमणमा आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुनेछ । रक्षामन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसहितका नेताहरूसँग भेटवार्ता गर्ने तालिका रहेको बताइएको छ ।

चिनियाँ दूतावासले आयोजना गर्ने द्विदेशीय सहयोग समन्वयको बृहत् कार्यक्रममा पनि उनले सहभागिता जनाउने छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: