तुलसीपुर मालपोतका दुई कर्मचारी तीन लाख २० हजार घुससहित पक्राउ

मंसिर ६ । मालपोत कार्यालय तुलसीपुरका दुई जना कर्मचारी घुससहित हिजो पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जको टोलिले कार्यालयका तामेली फाँटका बरिष्ठ नायवसुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे लाई ३ लाख २० हजार रकमसहित रंगेहात पक्राउ गरेको हो ।

अख्तियार कार्यालय नेपालगञ्ज प्रमुख गणेश गैरेले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: