बैतडीमा ११ गाई मृत अवस्थामा भेटिए

मंसिर ६ ।बैतडी जिल्लाको पुर्चौंडी नगरपालिका ६ स्थित सिगास सामुदायिक वनको हाताभित्र भेरीखोला मुहानमा हिजो ११ वटा गाई मृत अवस्थामा फेला परेको छ ।

बैतडीका प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले गाई मृतावस्थामा फेला परेको भन्ने स्थानीयवासीले खबर गरेको बताउनुभयो ।

पुर्चौंडी–६ को मुडेलीका ८० घरपरिवार र एक विद्यालयले त्यही मुहानको पानी प्रयोग गर्दै आएका थिए । गाउँमा आउने खानेपानीको मुहानमा मृत गाई भेटिएपछि खानेपानीको समस्या भएको स्थानीयवासी सीता साउँदले बताइन् ।
नगरपालिकाको कुवाकोट–सुवालेक सडकखण्ड नजिकै रहेको पानीको मुहानमा गाई मृतावस्थामा भेटिएकाले सडकबाटै फालिएको हुन सक्ने स्थानीयवासीले अनुमान गरेका छन् ।

गाईको हत्या गरेर फालेको भए कानूनअनुसार कारवाही हुने प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: