चितवनमा छठ मनाउन भक्तजनहरुको नारायणी नदी किनारमा घुँइचो (फोटो फिचर )

चितवन, मंसिर ५ । चितवन ७७ जिल्लाको उपमा पाएको जिल्ला । छठ पर्व तराईवासीहरुको पर्व भनिदै आएपनि चितवनमा भने पहाडमा बस्नेहरुले पनि भव्यताका साथ मनाएका छन् ।

व्रत वसेर मागेको कुरा पुरा हुने विश्वास रहेको छठ पर्वका सवै विधि र प्रकृयालाई पुरा गर्दै पर्व मनाइएको हो । तराईवासी तथा पहाडवासीहरुको भीडले नारायणी नदीमा रौनकता छाएको थियो । धार्मिक सहिष्णुता विकास गर्न समेत मद्दत गर्ने छठ पर्व सनातन देखि मनाउदै आएको भक्तजनहरुले बताएका थिए ।

अस्ताउदो सुर्यलाई अर्घ दिन नारायणी नदी किनारमा जम्मा भएका उनीहरुले आफ्नो मनोकाक्षा पुरा होस भन्दै पुजा गरेका थिए । जिल्ला प्रशासन कार्यालय चितवनले घरमै बसेर छठ पर्व मनाउन आग्रह गरेपनि घर नभएकाहरु नारायणी नदी किनारमै आउनुपरेको उनीहरुको भनाई थियो । कोरोना का कारण गत वर्ष भन्दा यस वर्ष कम रौनकता भएपनि परिवारका सदस्यहरु मिलेर समुह समुहमा वसी पुजा गरेका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: