मंसिर ११ र १२ गते भिटामिन ए खुवाइने

काठमाण्डौ, मंसिर ५ । यही मंसिर ११ र १२ गते यस बर्षको राष्ट्रिय भिटामिन ए तथा जुकाको आम औसधि सेवन कार्यक्रम सञ्चालन हुने भएको छ। यसअघि कार्तिक २ र ३ गते कार्यक्रम तय गरिएको थियो। तर कोरोना संक्रमण वृद्धिदर कायमै रहेकाले कार्यक्रम सारिएको हो ।
परिवार कल्याण महाशाखाका निर्देशक डा भीनसिन तिंकरीले मंसिर ११ र १२ गते भिटामित ए रर जुकाको औषधि खुवाउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ,‘नियमित कार्यक्रम अन्र्तगत हरेक वर्ष वैशाख र कार्तिकमा भिटामिन ए खुवाउने कार्यक्रम हो तर कोरोना महामारीका कारण वैशाखमा हुन नसकेकोपछि एक महिना ढिला भयो। ६ महिनाको अन्तरमा खुवाउनुपर्ने भएकाले समय मिलाउन मंसिरमा समय तोकिएको हो।’

देशभरका ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम खुवाइने छ।

महाशाखाका अनुसार देशभरका २७ लाख बालबालिकालाई भिटामिन ए, ६ लाख बालबालिकालाई बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: