‘क्यान’ले ‘एनपीएल’ आयोजना गर्ने

काठमाण्डौ, मंसिर ५ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने भएको छ । लिगको समय भने पछि तय गरिनेछ ।

क्यानको बुधबार भएको ‘भर्चुअल’ वार्षिक साधारणसभाले एनपीएल आयोजना गर्ने निर्णय गरेको हो ।

क्यानको स्वामित्वमा रहनेगरी नेपाली क्रिकेटको हितअनुकूल केन्द्रीय कार्यसमितिलाई नेपाल प्रिमियर लिगको सम्झौता प्रक्रिया अघि बढाउन जिम्मेवारी दिइएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।

यस्तै, क्यानको २०७०र७१ देखि २०७५र७६ सम्मको वार्षिक लेखापरीक्षणको प्रतिवेदनलाई वार्षिक साधारणसभाले पारित गरेको छ । क्यानले २०७६र७७ को लेखापरीक्षण गर्ने जिम्मेवारी एबीएस एन्ड एसोसियट्सलाई दिने निर्णय गरेको छ ।

आव २०७७र७८ को कार्यक्रम तथा बजेट निर्माण गर्दै अघि बढ्न सभाले केन्द्रीय कार्यसमितिलाई निर्देशन दिएको छ ।

पाँचवर्षे रणनीतिक योजना निर्माण गर्न तथा त्यसलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) समक्ष पेस गर्न साधारणसभाले केन्द्रीय समितिलाई निर्देशन दिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: