दिल्लीमा मास्क नलगाए दुई हजार जरिवाना,संक्रमितको सख्या ९० लाख नाघ्यो

काठमाण्डौ, मंसिर ५ । भारतको दिल्ली सरकारले सार्वजनिक स्थलमा मास्क नलगाउने मानिसलाई दुई हजार भारतीय रुपैयाँ जरिवाना गरिने बताएको छ । मुख्यमन्त्री अरबिन्द केजरीवालले हिजो मानिसहरुलाई कोरोना भाइरस ९कोभिड–१९० को नियम पालना गराउन यस्तो व्यवस्था गरिएको बताए । सार्वजनिक स्थलमा जाँदा मास्क लगाउनाले कोरोना संक्रमणमा ठूलो कमी आउन सक्ने उहाँले बताउनुभयो ।

केजरीवालले दिल्लीमा संक्रमितको उपचारका लागि पर्याप्त बेडहरु रहेको दाबी गर्दै दिल्लीमा कोरोना संक्रमणको अवस्थाबारे अध्ययनको लागि सर्वपक्षीय बैठक बोलाउनु भएको थियो ।
साथै दिल्लीले सार्वजनिक स्थलमा आउँदै गरेको छठ पर्व मनाउन पनि रोक लगाएको छ । केजरीवालले सबैलाई आफ्नै घरमा छठ मनाउन आग्रह गर्दै अहिले कोरोनाको दोस्रो लहर फैलिएको बताउनुभयो । आज विहान सम्म भारतमा कोरोना संक्रमितको सख्या ९० लाख नाघेको छ । वल्डओमिटर डट कमका अनुसार ९० लाख ४ हजार ३२५ संक्रमित रहेकोमा ८४ लाख २७ हजार २७ जना भने निको भएका छन् । हालसम्म १ लाख ३२ हजार २०२ जनाको मृत्यु भएको छ । भारतमा १ अर्ब वढि जनसंख्या रहेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: