निकिशा श्रेष्ठलाई सडकमा दुर्व्यवहार गर्ने तीनै जना पक्राउ

काठमाण्डौ , मंसिर ५ । काठमाडौंमा सडकमा हिँडिरहदा निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा तीनै जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, भक्तपुरले १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र अर्का एकजना १६ वर्षीय किशोर लाई पक्राउ गरेको हो।

जोशीलाई बिहीबार बिहान र अन्य दुई जनालाई दिउँसो पक्राउ गरिएको भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार सफिलले मोटरसाइकल चलाएका थिए भने नाम नखुलाइएका पछाडि बसेका किशोरले श्रेष्ठमाथि अपशब्द प्रयोग गरेका थिए । हाल तीनै जनालाई प्रारम्भिक सोधपुछ गर्ने कार्य भइरहेको गिरीले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: