डा केसीले भने ः मेरो उपचार आफ्नै खर्चले गर्छु, सरकारले नागरिकप्रतिको कर्तव्य पूरा गरोस्

कार्तिक ३० । कोरोना सङ्क्रमित हुनुभएका डाक्टर गोविन्द केसीले आफ्नो उपचार खर्च आफै बेहोर्ने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य लाभको कामना सहित उपचार खर्च सरकारले व्यहोर्ने बताएपछि डाक्टर केसीले स्वास्थ्य उपचार आफ्नै खर्चमा गर्ने बताउनुभएको हो । शुभकामना दिने प्रधानमन्त्रीलाई धन्यवाद दिँदै आफ्ना लागि दिन भनिएको खर्चले नागरिकको उपचार गरिदिन आग्रह गर्नुभएको हो । साथै उहाँले उपचार पाउन कठिन भएका सवै नेपालीलाई निशुल्क उपचार गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको स्वास्थ लाभको शुभकामना सन्देशको लागि हार्दिक धन्यवाद दिन डाक्टर केसीले आफ्नो उपचार खर्च आफै बेहोर्ने र सरकारले बरु आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस् भन्ने जवाफ दिनुभएको छ ।

कोरोना सङ्क्रमित विपन्न र दूरदराजका नागरिक, जसलाई निःशुल्क उपचार आवश्यक रहेको र उनीहरुले अहिलेसम्म उपचार पाउन नसकेको भन्दै डाक्टर केसीले सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नुभन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ भन्नुभएको छ । उहाँले १९ औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न पनि स्मरण गराउनु भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: