नेपाल सम्वतमा प्रधानमन्त्रीको शुभकामना ः समृद्धि र सुखका लागि एकताबद्ध होऔँ

कार्तिक ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारको शुभकामना दिनुभएको छ । राष्ट्रको समृद्धि र नागरिकको सुख प्राप्तिका लागि एकताबद्ध हुन आह्वान गर्दै उहाँले नेपाल सम्वत् ११४१ का अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्नुभएको हो । उहाँले एकतामार्फत् नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सन्देशमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्वत् लगायत पर्व मनाउन विशेष आह्वानसमेत गर्नुभएको छ ।
शङ्खधर साख्वाःले ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणलाई ऋणबाट मुक्त बनाइ स्वतन्त्रता दिलाउनुभएको दिनलाई प्राचीन कालदेखि नेपाल सम्वतका रूपमा मनाइँदै आइएको छ । नेपाल सम्वतको यस अवसरमा प्रधानमन्त्री ओलीले काठमाण्डौ उपत्यकामा तत्कालीन समाज सुधारका नेतृत्वकर्ता तथा नेपाल सम्तका प्रवर्तक शङ्खधर साख्वाःको विशेष स्मरण गर्नुभएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: