अमेरिकी विदेशमन्त्री पोम्पेओ सात देशको भ्रमणमा निस्कदै

कार्तिक ३० । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ विभिन्न सात देशको भ्रमणमा जाने हुनुभएको छ । उहाँ युरोप र मध्यपूर्वका केही देशको भ्रमणमा निस्किन लाग्नुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आगामी कार्यकालका लागि जो बाइडेन विजयी भएपछि अमेरिकी विदेशमन्त्री पहिलो पटक विदेश भ्रमणमा जान लाग्नुभएको हो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सम्पन्न निर्वाचनको परिणाम अस्वीकार गरेर देशमा अन्योल छाएको बेलामा ट्रम्प प्रशासनका विदेशमन्त्री भने लामो विदेश भ्रमणमा निस्किन लागेको भन्दै अमेरिकी सञ्चारमाध्यमहरुले टिप्पणी गरेका छन् । उहाँ फ्रान्स, टर्की , जर्जिया, इजरायल, संयुक्त अरब इमिरेट्स, कतार र साउदी अरेबिया जाने बताईएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: