आज १ हजार ९४६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

कार्तिक २९ । नेपालमा आज थप १ हजार ९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ ।देशभर ३६ हजार ४५२ सय जना सक्रिय संक्रमित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५ सय ३ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म १ लाख ७० हजार ६ सय ३२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने संक्रमितको संख्या १२१५ पुगेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: