अक्षयकोषका लागि पत्रकार पराजुलीले दिए ५ हजार

कार्तिक २८ । गोरखापत्रका चितवन संवाददाता एवम कुमाता कथासङ्ग्रहका लेखक तथा पत्रकार वसन्त पराजुलीले नानी बिवु फाउन्डेसनलाई सहयोग गर्नुभएको छ । पराजुलीले आज उक्त फाउण्डेशनको अक्षयकोष स्थापनार्थ ५०००। पाँच हजार रुपैयाँ ) संस्थाका अध्यक्ष कृष्णप्रसाद पराजुली र साहित्यक सर्जक नानी बिवुलाई प्रदान गर्नुभएको हो । गैंडाकोट निवासी स्रस्टा बिवुको अनुक्रोश उपन्यास प्रकाशित छ ।
पराजुलीले प्रथम दाताको रुपमा नानी बिवु फाउन्डेसनलाई आर्थिक सहयोग गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका सदस्यहरू लेखराम सापकोटा र शान्ति शर्माको उपस्थिति थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: