अमेरिकाको राष्ट्रपतिमा बाइडेन विजयी

कार्तिक २३ । जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपतिमा विजयी हुनुभएको छ । रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै सन् १९०० यताको हालसम्मकै सर्वाधिक मत ७ करोड बढि मत सहित डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन राष्ट्रपति निर्वाचनमा विजयी हुनुभएको छ । पेन्सलभेनिया राज्यको मतगणना सकिएसँगै बाइडेनका लागि ह्वाइट हाउस प्रवेशको बाटो खुलेको हो ।
अमेरिकी संचारमाध्यमका अनुसार जितका लागि महत्त्वपूर्ण मानिएको पेन्सलभेनियाको मतपरिणाम आएसँगै बाइडेनले जितका लागि आवश्यक २ सय ७० इलेक्टोरल भोट पार गर्नुभयो । यो जितसँगै बाइडेन पछिल्ला तीन दशकमा पदासीन राष्ट्रपतिलाई हराउने पहिलो उम्मेदवार भएका छन् । अर्का उम्मेदवार डोनाल्ड ट्रम्प भने हार स्वीकार्न नसकेर कानुनी झमेला दिने तयारी गरेको अमेरिकी संचारमाध्यमहरुले बताइरहेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: