विदेशमा कोरोना संक्रमणबाट २ सय ८४ नेपालीको मृत्यु

कार्तिक १६ । कोरोना भाइरसको संक्रमणबाट हालसम्म विदेशमा रहेका २८४ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९ सय ६३ जना नेपालीहरुलाई कोरोना संक्रमण देखिएको हो ।

संक्रमति मध्ये ४ सय ५० जना रोमानियामा रहेका नेपालीहरु छन् । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र युकेका रहेका नेपाली कोरोना भाइरसबाट संक्रमण भएका हुन् ।

विदेशमा ४२ देशमा रहेका नेपाली मध्ये ४३ हजार ५ सय ६९ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । ती मध्ये ३९ हजार ५ सय ६५ जना अर्थात ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

गत साता सम्म १९ देशका २ सय ८४ जना नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: