भिक्टोरियाको बहुसंस्कृति मन्त्रीको सल्लाहकारमा नेपाली मनोनित

अष्ट्रेलियाको भिक्टोरिया राज्य सरकारका बहृसंस्कृति एवं अर्थमन्त्री रविन स्कटको दक्षिण एशियाली समूदाय सल्लाहकार परिषद्मा  चार नेपाली नियुक्त भएका छन् । २७ सदस्यीय सल्लाहकार परिषद्मा चारजना नेपालीलाई मन्त्री रविन स्कटले नियुक्त गरेका हुन् ।

यसरी नियुक्ति पाउनेमा बम योञ्जन, दिपा राई, जमुना पराजुली र परशुराम शर्मा लुईटेल छन् । नेपालीभाषी लुईंटेल भुटानको तर्फबाट नियुक्तिमा परेका हुन् । यसअघिको स्थानीय निर्वाचनमा लुईटेल उम्मेद्वार समेत बनेका थिए । यस्तै सल्लाहकार परिषद्मा मनोनित बम योञ्जन नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका पूर्वअध्यक्ष हुन् भने दिपा राई अधिकारवादी अभियन्ता हुन् । त्यस्तै जमुना पराजुली भिक्टोरियामा सञ्चालित दिदीबहिनी समाजकी अध्यक्ष हुन् ।

यो सल्लाहकार परिषद्ले दक्षिण एशियाली देशहरुबाट आई भिक्टोरियामा बसोबास गर्ने समूदायका विषयमा आवश्यक पर्ने सल्लाह मन्त्रीले खोजेको अवस्थामा उपलब्ध गराउनेछ । मन्त्री रविन स्कटले केही समय अघि यस्तो परिषद् बनाउने घोषणा गरेका थिए भने हरेक समूदायबाट आवेदन पनि मागेका थिए । नेपाली समूदायको तर्फबाट प्राप्त भएका आवेदनमध्ये तीन जनालाई मनोनयन गरिएको छ । यो दक्षिण एशियाली सल्लाहकार परिषद्मा माल्दिभ्स र अफगानिस्तानबाट भने प्रतिनिधित्व छैन । यो सल्लाहकार परिषद्को अध्यक्षता स्वयं मन्त्री रविन स्कटले गर्ने र त्यसमा भिक्टोरियाको बहृसंस्कृति आयोगकी अध्यक्ष हेलेन कपालोससमेत रहने मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । यो सल्लाहकार परिषद्ले दक्षिण एशियाली देशबाट भिक्टोरियामा आई बसोबास गर्नेहरुलाई भेदभाव गरिएको विषय, शिक्षा, रोजगार, स्वास्थ्य र पारिवारिक हिंसा लगायतका विषयमा समस्याको पहिचान गर्ने र त्यसलाई सामूदायिक कार्ययोजना अन्तर्गत समाधान गर्ने दिशामा अघि बढ्ने पनि विज्ञप्तिमा जनाइएको छ । परिषद् गठन भएपछि प्रतिक्रिया दिँदै मन्त्री रविन स्कटले भनेका छन्, –भिक्टोरिया राज्यमा दक्षिण एशियाली देशका विभिन्न समूदायले महत्वपूर्ण योगदान गरेका छन् । यो सल्लाहकार परिषद्ले ति समूदाय र सरकारसँग प्रत्यक्ष सञ्चारको नयाँ आयाम सुरु गर्ने कुरामा म विश्वस्त छु । सल्लाहकार परिषद्ले यी समूदायसँग सरकारको सहकार्यलाई अझ बढाउने हाम्रो विश्वास छ । एमएनटिभिबाट

Leave a Reply

Scroll to Top
%d bloggers like this: