कांग्रेसको केन्द्रीय समिति बैठक कार्तिक २१ गते

कार्तिक १३ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक कात्तिक २१ गते पार्टी कार्यालयमा हुने भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक बोलाएको बताउनुभयो ।

केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि असोज १९ गते बोलाइएको बैठक स्थगित भएको थियो । केन्द्रीय कार्यसमिति बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका लगायतका विषयमा छलफल हुने बताइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: