नेपालगञ्जमा २९ लाख वढि रकमसहित १० जना जुवाडे पक्राउ

कार्तिक १३ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क क्षेत्रमा एक घरमा जुवा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी टोलीले २९ लाख ४८ हजार ७ सय रुपैयाँ सहित १० जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी सुबास खड्काले पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १२५ बमोजिम कानुनी कारबाही हुने जानकारी दिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: