नेकपा विप्लव समूहका २ जना पक्राउ

कार्तिक १३ । नेत्रविक्रम चन्द विप्लव नेकपाका २ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कम्पनी कमिसारसहित रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ घिमिरे ९प्रतिक० र ईलामको चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राई (सनम ) छन् ।

उनीहरुलाई बुधबार मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं। १ घुर्मिसेस्थित विजुली प्रसाद तिम्सिनाको खाली घरमा बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

उनीहरु बसेको स्थानबाट नालसहितको भरुवा बन्दुक १ थान, त्यसमा प्रयोग हुने फलामको टुक्रा १ बट्टा, विष्फोटक पदार्थ जिलेटिन ३ केजी, सुतली बम २ थान, सकेट बम १ थान, टुकी बम एक थान, इलेक्ट्रिक डेटोनेटर ३५ थान, ननइलेक्ट्रिक डेटोनेटर १८ थान, गन पाउडर र बारुद ४ बट्टा लगायतका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: