आईपीएल क्रिकेटमा मुम्बई ५ विकेटले विजयी

कार्तिक १३ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गएराति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराएको छ । अबुधाबीमा भएको खेलमा बैंगलोरले मुम्बईसामु १६५ रनको लक्ष्य पेश गरेको थियो । सो लक्ष्य मुम्बईले १९ ओभर १ बलमा पाँच विकेट गुमाएर भेटायो ।

यस जितसँगै मुम्बईले १६ अंकसहित अन्तिम चारमा स्थान बनाएको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: