देहरादूनमा अध्ययन गर्ने ५१ नेपाली विद्यार्थीलाई निर्घात कुटपिट

कार्तिक १३ । भारत देहरादूनको डिकिलिङस्थित शाक्य एकेडेमीमा अध्ययनरत ५१ जना नेपाली विद्यार्थी निर्घात कुटिएका छन् । एकेडेमिका अध्यक्ष एवं प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले दसैँ तिहारको समय घरविदा माग गरी निवेदन दिएका विद्यार्थीलाई निर्घात कुटपिट गरेको अभिभावकले बताएका छन् । कुटाइ खानेमा ६ देखि १७ वर्षसम्मका छन् । उनीहरुलाई त्यहाँ निशुल्क पढाइन्छ । अभिभावकहरुले हालसम्म यतिसम्मको सजाय दिएको घटना नसुनेको तर अहिले निर्घात कुटीएका आफ्ना वालवालिका उद्दारको माग गरेका छन् ।

अंग्रेजी शिक्षा तथा बौद्ध लामा पढाइ हुने उक्त एकेडेमीमा २ सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेकामा ‘घर जान चाहने’ सबै विद्यार्थी तथा नेपाली मूलका शिक्षकसमेतको मोबाइल खोसिएको र एकेडेमी आवासबाहिर आउजाउ गर्न नदिइएको विद्यार्थीका अभिभावकले बताएका छन् ।

यो घटनाबारे स्थलगत जानकारी लिन बिहीबार हरिद्वार–ऋषिकेशस्थित नेपाली समाजका प्रतिनिधि पुष्पराज पाण्डेयसहितको समूह जाने भएको छ । घटनाबारे ध्यानाकर्षण भइसकेको उल्लेख गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु भइसकेको’ ट्वीटरमार्फत जानकारी दिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: