सीबी कर्पोरेसन जापानको पहिलो शाखा टोकियोमा सुरु

जापान ( टोकियो ), कार्तिक १२ ।

सीबी ग्रुपद्वारा संचालित सीबी कर्पोरेसन जापानको पहिलो शाखा सुरु भएको छ । कोरोना भाईरसका कारण ठुलो औपचारिक कार्यक्रम नगरि सामान्य रूपमा टोकियोको ओकूबो स्टेशन नजिक पहिलो शाखा सुरु गरिएको कर्पोरेसनका प्रबन्ध निर्देशक सन्तोष चोखालले जानकारी दिनुभयो ।

सन २०१६ मा सीबी ट्राभल्स एण्ड टुर्सबाट आफ्नो व्यबसायिक यात्रा सुरु गरेको सीबी ग्रुपले छोटो समयमै आफ्नो सेवालाई विस्तार गरिरहेको छ । सीबी ग्रुपको मातहतमा हाल सीबी खबर डट कम  (https://cbkhabar.com)  नामक अलाईन न्यूज पोर्टल पनि संचालनमा रहेको छ ।

केही समय अघि मात्र सीबी अनलाईन शप संचालन गरेको ग्रुपले हाल सीबी कर्पोरेसन जापान मार्फत आफ्ना सेवाहरु विस्तार गरिरहेको ग्रुपका अध्यक्ष महेन्द्र चोखालले जानकारी दिनु भयो । हाल सीबी कर्पोरेसन जापानबाट मोबाइल रिपेरिङ सेण्टर , मोबाइल तथा ल्यापटप बिक्री वितरण, हवाई टिकटीङ , रेमिट्यांस , अनलाइन शपिङ लगायतका सेवाहरु प्रवाह गर्दै आइरहेको छ ।

सीबी कर्पोरेसनको मुख्य कार्यालय नेपालमा रहेको छ भने जापानको मुख्य कार्यालय टोकियोको कोएन्जीमा रहेको छ । नेपाली तथा विदेशी नागरिकलाई सेवा प्रवाहमा सजिलो होस भनी ओकूबो शाखा सुरु गरिएको प्रबन्ध निर्देशक चोखाल बताउनु हुन्छ । संसारलाई नै अत्यास पारिरहेको कोरोना सुरु भएपछी सेवा विस्तारलाई फरक रूपमा अनलाईनबाटै सेवा दिन सकियोस भन्ने उद्देश्यका साथ आफ्ना सेवाहरुलाई सहज रूपमा वृद्दी गर्दै लगिएको जनाइएको छ ।

साथै आजै एक विज्ञप्ति जारी गर्दै सीबी कर्पोरेसन जापानले आफ्ना ग्राहक महानुभावहरुलाई धन्यवाद व्यक्त गरेको छ । अबको केही समयमा नेपालमा पनि सेवा विस्तार गर्ने योजना रहेको सीबी ग्रुपले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: