चितवनमा २ जना कोरोना संक्रमितको मृत्यु

चितवन,कार्तिक ७ । चितवन मेडिकल कलेजमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नं. ५ निवासी ८४ बर्षिय महिलाको आज विहान ४ः१९ बजे मृत्यु भएको छ ।

कार्तिक ५ गते स्वासप्रश्वास र उच्च ज्वरोको समस्या सहित अस्पताल भर्ना हुनुभएका उहाँमा ६ गते कोरोना पुष्टि भएको थियो । उच्च रक्तचाप,बाथ रोग र निमोनियाको समेत समस्या रहेका उहाँलाई सघन उपचार कक्षमा उपचार गरिएको थियो । यस्तै चितवन मेडिकल कलेजमै उपचाररत भरतपुर ७ निवासी ७० बर्षिय पुरुषको आज विहान ८ः४४ बजे मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार कार्तिक २ गते स्वासप्रश्वास र मृगौलाको समस्या भई अस्पतालमा भर्ना हुनुभएका उहाँलाई सोही दिन कोरोना पुष्टि भएको थियो ।

मृगौला र उच्च रक्तचापको समेत विरामी रहनुभएको उहाँलाई सघन कक्षमा राखेर उपचार गरिएको थिया ।

आज विहानै मात्रै भरतपुर अस्पतालमा भरतपुर महानगरपालिका ७ का ५७ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: