चितवनमा अर्का एक कोरोना संक्रमितको मृत्यु

चितवन, कार्तिक ६ । चितवनमा अर्का एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर सरकारी अस्पतालमा उपचार गराइरहेका रत्ननगर नगरपालिका १३ बस्ने ८५ वर्षीय बृद्धको आज विहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

गत मंगलवार ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना हुनुभएको उहाँमा कार्तिक ५ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि एचडीयुमा राखेर अक्सिजनको सहायतामा उपचार भएको थियो ।

आज विहान सोही अस्पतालमा ३७ हप्ताको गर्भवती कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: