पाटे बाघको आक्रमणबाट महिलाको मृत्यु

कार्तिक ५ । बर्दियाको मधुवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । सामुदायिक वनमा डालेघाँस काट्न जानुभएकी मधुवन नगरपालिका ३ की गंगा खत्रीको बाघको आक्रमणबाट ज्यान गएको हो ।
पाटे बाघले आक्रमण गरी घिसार्दै लैजाने क्रममा सशस्त्र प्रहरीको बेस क्याम्प नजिक उहाँ मृत भेटिनु भएको हो ।

दुई हप्ताअघि पनि मधुवन नगरपालिकाकै माछा मार्न गएका एक किशोरको बाघको आक्रमणबाट ज्यान गएको थियो । साढे एक वर्ष अघिदेखि अहिलेसम्म बर्दिया निकुञ्ज मध्यवर्ती क्षेत्र र जिल्ला वन क्षेत्रमा पाटे बाघको आक्रमणबाट सात जनाको ज्यान गएको छ ।

पछिल्लो समय पाटे बाघले घाँस दाउरा लिन जङ्गल गएका स्थानीयलाई आक्रमण गर्नुका साथै गाउँमै पसेर पनि स्थानीयको ज्यान लिने गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: