तस्करहरुले मारेका प्रहरी जवान साउदको सम्मानसहित अन्त्येष्टि

कार्तिक ५ । कैलालीमा तस्करहरुद्वारा हत्या गरिएका प्रहरी जवान रामबहादुर साउदको अछामको कैलाश खोलामा सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका ५ कालिका घर भइ धनगढी उपमहानगरपालिका १२ को जुगेडा अस्थायी प्रहरी पोस्टमा कार्यरत साउदको अछामको कैलाश खोलामा शोक सलामीसहित अन्त्येष्टि गरिएको हो ।

प्रहरी सहायक निरीक्षक ९असई० रमेश भट्टको टोलीले साउदलाई शोक सलामी दिएको थियो । अछामका प्रमुख, प्रहरी नायब उपरीक्षक ९डीएसपी० योगेन्द्रसिंह थापाले साउदको पार्थिव शरीरमा नेपाल प्रहरीको झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: