खसी–बोकाको मूल्य प्रतिकिलो ५६० रुपैयाँ तोकियो

कार्तिक २ । सरकारले खसी बोकाको मूल्य प्रतिकिलो ५६० रुपैयाँ तोकेको छ । यो सरकारी स्वामित्वमा रहेका खसी बोकाको मुल्य हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारदेखि सहुलियत मूल्यमा खसी–बोका बिक्री गर्ने जानकारी गराएको छ ।

कम्पनीको थापाथलीस्थित बिक्री केन्द्रबाट सोमबार बिहान ८ बजेदेखि खसी–बोका बिक्री सुरु हुने कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले बताउनुभयो ।जिउँदो खसी तथा बोका प्रतिकिलो ५६० रुपैयाँ तोकेको छ । जसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ५ सय ५० रुपैयाँमा खसी–बोका बिक्री गरिने सुवेदीले बताइन् । आइतबार साँझसम्म मकवानपुर र दाङबाट ४०५ वटा खसी–बोका थापाथली बिक्री केन्द्रमा आइपुगेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: