कैलाली असई हत्या आरोपमा ११ जना पक्राउ

कार्तिक २ । अस्थायी प्रहरी बिट, जुगेडा कैलालीको नेतृत्व गरिरहेका असई गोविन्द विकको हत्या भएको देखिएको प्रहरीले जनाएको छ । विकको धारिलो हतियारले घाँटी रेटेको देखिएको र पोष्टमार्टम रिपोर्ट पछि थप खुल्ने बताइएको छ । मोहना नदी क्षेत्रमा भएको प्रहरी सहायक निरीक्षक विकको हत्या प्रकरणमा प्रहरीले ११ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्यस क्षेत्रबाट सामान तस्करीमा संलग्न रहने गरेका व्यक्ति र विकसँग असन्तुष्ट समूहका सदस्यहरु छन् । अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले पक्राउ पर्नेको नाम खुलाइएको छैन । विकसँगै शनिबार साँझ बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका प्रहरी रामबहादुर साउद अझै भेटिएका छैनन् । नदीमा खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालित भएको छ,

Leave a Reply

Scroll to Top
%d bloggers like this: