अबदेखि कोरोना संक्रमित आफैले खर्च व्यहोर्नुपर्ने

कार्तिक २ । सरकारले अव देखि कोरोना लागेपछिको खर्च नव्यहोर्ने जनाएको छ । आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने तर अन्य अवस्थाका जनताको खर्च सरकारले जिम्मा नलिने निर्णय गरेको हो । निशुल्क गर्ने भनिएका जनताको पनि कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ ।यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू हुने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: