नेपालमा आज थपिए २९ सय ४२ जना कोरोना संक्रमित

कार्तिक २ । नेपालमा आज मात्रै २९४२ जना कोरोना संक्रमित थपिएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आज थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । १४ हजार ८७५ जनाको पीसीआर परीक्षण भएकोमा आज २३ सय २६ जना निको भए । हालसम्म निको हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ । आज मात्रै १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: