चितवनमा पहिलोपटक ‘टेस्ट ट्युब बेबी’को सफल जन्म

चितवन, कार्तिक २ । चितवन जिल्लामै पहिलोपटक चितवन मेडिकल कलेजमा ४१ वर्षीया महिलाको कोखबाट टेस्ट ट्युब बेबी (बच्चा) को जन्म भएको छ । दोस्रो प्रयासमा पहिलोपटक सफलता पूर्वक टेस्ट ट्युब बेबी जन्म भएको अस्पतालले जानकारी दिएको छ । ‘दोस्रो प्रयासमा सफलता पाएको र परिवारले परिचय सार्वजनिक नगर्ने बताएपछि परिचय गोप्य राखिएको छ । उनीहरु चितवनबासी दम्पती हुन् । डा.ताम्राकारका अनुसार शनिबार ३.६ किलोग्रामको छोराको जन्म भएको हो । बच्चा र आमाको स्वास्थ्य अवस्था एकदम राम्रो रहेको चिकित्सकले बताएको छ । सो दम्पतीमा गत दशैं तिहारको समयमा टेस्ट ट्युब बेबीको प्रक्रिया अघि बढाईएको थियो । उनीहरु नियमित चिकित्सको निगरानीमा रहेको थिए । कृतिम गर्भाधान भएकाले चिकित्सकहरुले नियमित जसो नेचुरल हर्मोन प्रदान गर्दै आइरहेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: