दशैंको आज दोस्रो दिन ,ब्रम्हचारिणी भगवतीको पूजा गरिदै

कार्तिक २ । बडादशैंको आज दोस्रो दिन । ब्रम्हचारिणी भगवतीको पूजा हुदैंछ । बडादशैं अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुन लागेको हो ।
दशैंको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुले पूजा गर्नेछन् तर यस पटक कोभिड १९ का कारणले भक्तजनहरुलको भीड नगर्न र नियमित पुजा मात्रै गर्न सरकारले भनिरहेको छ । राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भऽकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पुजा हुने गर्छ ।
उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि भक्तालुहरू पुग्ने गर्छन् । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: