नवलपुरमा पिसिआर मेसिन, कहिले संचालनमा आउने टुगो छैन

कार्तिक १ । कोरोना भाइरसको संक्रमण रहे नरहेको पत्ता लगाउने मेशीन नवलपुरमा पनि आज आइपुगेको छ । मध्यविन्दु जिलला अस्पतालमा मेशीन आएपनि संचालनमा कहिले आउँछ टुगो छैन ।
पर्याप्त तयारी विनानै मेशीन ल्याउँदा यसको संचालनमा आशंका पैदा भएको छ । अस्पतालको नयाँ भवन निर्माण सम्पन्न नभएको र पुरानो भवनहरु साँघुरो रहेको साथै मेशीन संचालन गर्न आवश्यक दक्ष जनशक्तिको अभाव भएको हो । लामो समय पीसीआर मेशीनको माग भएपनि वल्ला आज हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेशमा पर्ने नवलपुरका सवै स्वाव परीक्षणका लागि पोखरा पठाउनुपर्ने वाध्यता थियो भने रिपोर्ट आउने हप्ता दिन सम्म लाग्ने गर्दथ्यो । अव चाँडै नै यसको संचालनमा आज वोल्ने वक्ताहरुले जोड दिएका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: