संघीयताको रडाको ः मेयरले वडा कार्यालयको उद्घाटन गर्ने, उपमेयर ढुंगा हान्ने

कार्तिक १ । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ७, ५ र १२ ले भवन निर्माण गरेपछिको उद्घाटनका समय विवाद भएको छ । मेयर र उपमेयरवीच विवाद भएपछि मेयरले कार्यालयको उद्घाटन गर्दा उप मेयरले ढुँगा हान्नुभएको छ । शिला लेखमा उप मेयरको नाम नराखेपछि विवाद भएको थियो ।
भवन उद्घाटनका क्रममा मेयर ममताप्रसाद चौधरी र उपमेयर प्रेमकुमारी थापाको विवाद बाहिरिएको हो। मेयर चौधरीले वडा नम्बर ७ को भवन उदघाटन गरिरहँदा उपमयेर थापा भने शिलालेखमा ढुंगा हान्नु परेको थियो ।

शिलालेखमा मेयर र वडा पदाधिकारीहरुको मात्र नाम लेखेर आफ्नो नाम छुटाएको आक्रोशमा उपमेयरले शिलालेखमा ढुंगा हान्दै मेयरविरुद्ध नाराबाजी समेत गर्नुभयो । भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: