आज मात्रै ३ हजार १६७ जनामा कोरोना पुष्टि

कार्तिक १ । नेपालमा आज थप तीन हजार १६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा प्रवक्ता डा। जागेश्वर गौतमले १५ हजार ४३८ जनामा गरिएको ‘पीसीआर’ परीक्षणमा सो संख्यामा संक्रमित थपिएका बताउँदै कुल संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको उहाँले जानकारी दिनुभयो । आज मात्रै कोरोनाका कारण थप १२ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ ।आज एक हजार ८०० जना कोरोना संक्रमित ‘डिस्चार्ज’ भएका छन् । योसँगै कोरोना निको भएर हालसम्म डिस्चार्ज हुनेको संख्या ८९ हजार ८४० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: