वीरगन्जबाट प्रहरीले साढे २२ किलो सुन बरामद गर्न सफल

कार्तिक १ । जिल्ला प्रहरी कार्यालय पर्साले साँढे २२ किलो सुन बराम गरेको छ। पर्साको वीरगन्जबाट सुन बरामद भएको हो । वीरगञ्ज महानगरपालिका–६, रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मारेको थियो ।

भारतीय नागरिक आशोक सिन्हाको कोठामा छापा मार्दा प्रहरीले २२ किलो ५०० ग्राम सुन बरामद गरेको हो । अवैध सुन लुकाएर राखेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन । प्रहरीले अवैध सुनको अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: