बलात्कारी संगठनु नामक फेसबुक पेज तथा ग्रुप चलाउने व्यक्ति पक्राउ

कार्तिक १ । नेपाल प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा रेपर एसोसिएशन अर्थात बलात्कारी संगठन नामक पेज तथा समूह बनाएर चलाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्युठानको झिम्रुक गाउँपालिका ७ घर भई नवलपुरको कावासोती नगरपालिका बस्ने १९ वर्षीय नवीन बस्नेतलाई नवलपरासी प्रहरीको सहयोगमा साइबर ब्युरोले शुक्रबार कावासोतीबाट पक्राउ गरेको हो । पक्राउ परेका युवकले बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लिल, आपत्तिजनक सामग्री पोस्ट गर्ने, प्रतिक्रिया जनाउने लगायतका काम गर्दै आएको ब्युरोले जनाएको छ ।

युवकमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को उपदफा १ बमोजिमको कसुर गरेको भन्दै जिल्ला अदालत काठमाण्डौबाट पक्राउ पुर्जी जारी भएको थियो । अहिले उनीमाथि अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: