हिजो मात्रै ४३९२ जनामा कोरोना संक्रमण

कार्तिक १ । नेपालमा हिजो एकैदिन थप ४ हजार ३९२ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । १६ हजार ५३१ नमुना परीक्षण गर्दा १६०३ महिला र २७८९ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थय मन्त्रालयलका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । उनीहरुमध्ये ७१५ जनाको मृत्यु भएको छ भने ८८ हजार ४० संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५२२ संक्रमणमुक्त भएका हुन् ।देशभर ३७ हजार ३८२ संक्रिय संक्रमित छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: