आइपिएल क्रिक्रेटः कोलकत्तालाई हराउँदै मुम्बई शीर्ष स्थानमा

कार्तिक १ । आइपिएल क्रिक्रेटको हिजोको खेलमा मुम्बईले कोलकत्तालाई हराउँदै शीर्ष स्थानमा बस्न सफल भएको छ । साविक विजेता समेत रहेको मुम्बई ले कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

कोलकत्ताले दिएको १ सय ४९ रनको लक्ष्य मुम्बईले १६ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । मुम्बईको जितमा क्विनटन डी ककले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४४ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै कप्तान रोहित शर्माले ३५ रन जोड्दा सूर्यकुमार यादबले १० रन बनाए । हार्दिक पाण्डय २१ रनमा अविजित रहे ।कोलकत्ताका भरुण चक्रवर्ती र शिबम माभीले १र१ विकेट लिए ।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो ।

कोलकत्ताको लागि पाट कुमिन्सले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान इयान मोर्गन ३९ रनमा अविजित रहे ।कोलकत्तालाई हराएसँगै मुम्बईले लिगमा छैटौं जित निकालेको छ । कोलकत्ताले ८ खेलमा ६ जितसहित १२ अंक जोडेको छ ।कोलकत्ताको यो चौंथो हार हो । ८ खेलमा ८ अंक जोडेको कोलकत्ता चौंथो स्थानमा रहेको छ । यस सिजन कोलकत्तामाथि मुम्बईको यो लगातार दोस्रो जित हो । सिजनको पहिलो भेटमा मुम्बईले कोलकत्तालाई ४९ रनले हराएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: