लक्षण देखिएमात्रै स्वास्थ्यकर्मी क्वारेन्टिन बस्नुपर्ने

कार्तिक १ । कोभिड १९ को लक्षण देखिएमात्रै स्वास्थ्कर्मीहरुलाई क्वारेनटाइनमा वस्न सरकारले निर्देशन दिएको छ । कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई कोभिड– १९ को लक्षण देखिए वा संक्रमित भएमात्र क्वारेन्टिन वा आइसोलेसनमा राख्ने नीति लिएको हो ।

संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको अभाव हुन थालेपछि लक्षण देखिए वा कोरोना पोजेटिभ देखिएमात्र स्वास्थ्यकर्मी क्वारेन्टिन र आइसोलेसनमा बस्न पाउने गरी सुचना जारी गरी निर्देशन दिएको छ।

यसअघि सरकारी कोभिड अस्पतालमा १५ दिन उपचारमा संलग्न भएपछि १५ दिन क्वारेन्टिनमा बस्ने प्रचलन थियो । त्यस्तै संक्रमितको क्लोज कन्ट्याक्टमा भएकाहरु पनि क्वारेन्टिनमा बस्ने गरेका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: