आजबाट दसैँ सुरु, घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४६ मिनेटमा

कार्तिक १ । आजबाट दसैँ सुरु भएको छ । आज पहिलो दिन घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापना गर्ने शुभसाइत बिहान ११ बजेर ४६ मा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसै शुभसाइतमा हनुमानढोका दरबारस्थित दसैं घरमा घटस्थापना गरिने भएको छ ।
शनिबारदेखि दसैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । बिहान नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा विधिपूर्पक राख्ने र यसलाई जमरा राख्ने भनिन्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: