चितवनमा २ कोरोना संक्रमितको मृत्यु

 

असोज २० । कोरोनाका कारण चितवनमा २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडानम्वर ३ का ७० वर्षीय पुरुष रहेका छन् । हिजो बेलुका ७ः१५ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । कोराना पुष्टी भएको ४ दिनपछि उनको मृत्यु भएको हो । उपचारका लागि कोभिड आइसीयूमा आइपुग्दा ती पुरुष मृत अवस्थामा रहेको अस्पतालले जनाएको छ । मृतकका आफन्तका अनुसार ती पुरुषलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या थियो भने मधुमेह र उच्च रक्तचापको समेत समस्या थियो ।

त्यस्तै चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरका एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नम्बर ५ कि ७७ वर्षिया बृद्धाको मृत्यु भएको अस्पतालले जनाएको छ । पिसाव र स्वासप्रस्वासको समस्या भई यहि असोज १६ गते अस्पतालमा भर्ना भएकी उनको आज विहान ३ः४५ वजे मृत्यु भएको हो । उनलाई उपचारका क्रममा यहि असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: