नुवाकोटकी एक महिलाको पेटमा पाँच शिशु

असोज १९ । नुवाकोटकी २८ वर्षीइ सोनिका तामाङको पेटमा रहेका ५ जना शिशुलाई आज शल्यक्रियाबाट वाहिर निकालिएको छ। काठमाण्डौँको थापाथलीमा रहेको प्रसूति गृहमा उहाँको आज अप्रेसन भएको हो । आज बिहान शल्यक्रिया गरी शिशु निकालिएको हो । गर्भको आठ महिनामै सुत्केरी बेथा लागेपछि आकिस्मक शल्यक्रिया गर्नु परेको चिकित्सकले बताएका छन् । एक जना शिशु पेटभित्र मृत्यु भएपछि अन्यलाई पनि असर पर्न सक्ने भन्दै शल्यक्रिया गरिएको हो ।
जन्मिएका सबै शिशु छोरी हुन् भने मृत छोरा थिए । उनको तौल सामान्य ९२.३ केजी० भन्दा कम छ । शिशुहरुको तौल १.८, १.९, १.६ र ८०० ग्रामका छन् । जीवित जन्मिएकामध्ये तीन शिशुलाई अहिले अर्ब्जभेसनका लागि वार्डमा राखिएको छ भने कम तौल भएकालाई भने एनआईसीयू राखेर उपचार गरिएको बताइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: