बेनी, । म्याग्दीका एक जना प्रहरी जवानमा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । पोखरामा तालिम सकाएर बेनी आई जिल्ला प्रहरी कार्यालयको क्वारेन्टिनमा बसेका २० वर्षका प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा स्थित प्रयोगशालामा गरिएको स्वाब नमुनाको परिक्षणका क्रममा ति प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । ती प्रहरी भदौ १ गते बेनी आएका थिए । उनि सहित ३१ भदौ ४ गते स्वाबको नमुना संकलन गरेर परिक्षणका लागि पोखरा पठाइएको थियो ।
संक्रमण पुष्टि भएका प्रहरीलाई बेनीको खुल्ला मञ्च स्थित शैक्षिक तालिम केन्द्रको भवनमा बेनी अस्पतालले सञ्चालन गरेको आइसोलेशनमा राखिएको छ । साउन ३१ गतेदेखि बेनीको आइसोलेशन खाली थियो ।
म्याग्दीमा हालसम्म ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघिका ४८ जना संक्रमित विदेशबाट आएर क्वारेन्टिनमा बसेका थिए । स्वदेशबाट म्याग्दीमा आएकामा कोरोना पुष्टि भएको पहिलो पटक हो ।
म्याग्दीबाट हालसम्म एक हजार १३४ वटा स्वाबको नमुना संकलन गरि पिसिआर बिधिबाट परिक्षणका लागि पठाइएको छ । एक हजार १०९ वटाको नतिजा आएको छ । २५ वटाको नतिजा आउन बाँकी छ ।